सुदूरपश्चिमको अर्थमन्त्री बन्न दौडधुप, को–को छन् आकांक्षी ?

सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले राजीनामा दिइसकेका छन्। उनीसंगै अर्थ राज्यमन्त्री अर्चना गहतराजले पनि राजीनामा दिएकी छिन्। पार्टी विभाजनपछि पनि नेकपा एमालेमै रहने निर्णय गरेका शाह र गहतराजले राजीनामा दिएपछि रिक्त पदका लागि प्रदेश सांसदले दाबी पेश गर्न थालेका छन्।
माधव कुमार नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० बाट दुई मन्त्रीका लागि आधा दर्जनले आकांक्षा देखाएका छन्। मन्त्रीको लागि सांसदहरु तारालामा तामाङ्ग, प्रकाश रावल, अमरबहादुर साउँद, कुलवीर चौधरी, माया भट्ट, दुर्गा कामी, माया तामाङ्ग बोहरा, बलबहादुर सोडारी लगायतले आकाक्षा राखेका छन्।
तीमध्ये तारालामा तामाङ्ग आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउन सक्ने सम्भावना रहेको समाचार स्रोतको दाबी छ। ‘तामाङ प्रदेश सरकार गठन भएदेखि नै मन्त्रीका दाबेदार हुन्, तर अहिलेसम्म उनले मौका पाएका छैनन्, त्यसैले सम्भावना उनकै हो,’ एकीकृत समाजवादीका एक सांसदले भने। यता सांसद तामाङले भने अहिले नै सोबारे टुंगो लाग्न नसकेको बताए।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ ९क० बाट विजयी तारालामा तामाङ्गले तत्कालीन नेकपा एमालेमा सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकको जिम्मेवारी समेत सम्हालिसकेका छन्। माधव नेपाल निकट उनी एमाले कञ्चनपुरको अध्यक्ष पनि थिए। नेकपा एमाले विभाजनपछि तामाङ्गले एकीकृत समाजवादी रोजेका हुन्।
प्रदेश सभा सदस्यको २० प्रतिशत भन्दा बढी सांसदलाई मन्त्री बनाउन नपाउने व्यवस्था छ। अहिले सुदूरपश्चिममा मुख्यमन्त्री सहित ९ मन्त्री छन्। एकीकृत समाजवादीकी पूर्णा जोशीले आन्तरिक मामिला तथा कानून मन्त्रालय, लाल बहादुर खड्काले सामाजिक विकास मन्त्रालय, दीर्घ सोडारीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यस्तै एकीकृत समाजवादीका दुई जना राज्यमन्त्री ९मना कुमारी साउँद र चुनु कुमारी चौधरी० पनि प्रदेश सरकारमा छन्। उता माओवादी केन्द्रकी विनिता देवी चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, राज्यमन्त्री मान बहादुर सुनार र मान बहादुर धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाएका छन्।
दिनेश खवरबाट
क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस