Techie IT

भीम रावलको पुकार– हे आमा नेपाल ! हाम्रा नेताहरुलाई सद्बुद्धि देऊ


नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमसीसी प्रतिनिधि मण्डलले नेपालका नेताहरुका घर–घरमा पुगेर दबाब दिन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

एमसीसी प्रतिनिधि मण्डलले अध्यक्ष केपी शर्मा अ‍ोलीलाई भेटेलगत्तै रावलले संविधान जारी हुन लाग्दा वा सरकार परिवर्तनका बेला पनि विदेशीले दबाब दिएको भन्दै अहिले त्यहीं अवस्था दोहोरिएको बताएका छन् ।

रावलले भनेका छन्– हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर–घर पुगेर दबाब दिने, कस्तो विडम्बना ! हे आमा नेपाल, नेताहरूलाई स्वाधीनता, स्वाभिमान र मर्यादाको सदबुद्धि देऊ !

रावल एमसीसी परियोजना कुनै हालतमा पास गर्नु हुँदैन भन्ने पक्षमा शुरुदेखि नै छन् ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस