Techie IT

छिपेखोलामा बाढी : पाक्नै लागेको २० रोपनी खेत र माछा पोखरी बगायो


बिहीबार राती बर्षा सँगै छिपेखोलामा आएको बाढीले बान्नीगढी जयगढ गाउँपालिकामा ठुलो क्षति पुर्‍याएको छ ।

छिपेखोलामा आएको बाढी खेतमा पस्दा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बेल्पाटाका स्थानीयका २० रोपनी बढी खेतमा ठुलो क्षति पुर्‍याएको हो ।

यस्तै बाढीका कारण १५ सय माछा सहितको पोखरी समेत बगाएको छ । वर्षासँगै छिपेखोलामा आएको बाढी खेतमा पस्दा स्थानीयको पाक्नै लागेको धान बगाउदा खेतहरू बगरमा परिणत भएका छन् ।

स्थानीय पदम बहादुर शेट्टीको ४ रोपनी बढी,गोविन्द ठकुल्लाको ५ रोपनी बढी चक्र ठकुल्लाको २ रोपनी बढी र जीवन सुतारको ८ रोपनी बढी खेतमा बाढी पस्दा पाक्न लागेको धान खेत बगरमा परिणत भएको हो । भने अन्य क्षतिको विवरण आउन बाँकी छ ।

स्थानीय जीवन सुतारको १५ सय माछा सहितको पोखरी समेत बाढीले बगाएको छ ।

बाढीका कारण गरी खाने खेत बगाएपछि स्थानीयलाई भोकमरीको चिन्ताले सताएको स्थानीय राकेश थापाले बताउनु भएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस