Techie IT

आत्महत्या रोकथाम दिवश : अछाममा आत्म हत्याको अवस्था के छ ?


अछाममा आत्म हत्या गर्नेको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

विगत ५ आर्थिक वर्षको तथ्याङ्कका अनुसार जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढेको देखिएको हो ।

आर्थिक वर्ष २०७२÷७३ मा झुन्डिएर आत्म हत्या गर्नेको सङ्ख्या १९ जना, आर्थिक वर्ष २०७३÷७४ मा २१ जनाले, आर्थिक वर्ष २०७४÷७५ मा २२ जानले आर्थिक वर्ष २०७५÷७६ मा १९ जनाले आर्थिक वर्ष २०७६÷७७ मा २२ जना र चालु आर्थिक वर्ष २०७७÷७८ मा २१ जनाले आत्म हत्या गरेको तथ्याङ्क जिल्ला प्रहरी कार्यालय अछामसँग छ ।

प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो साढे ५ वर्षको अवधिमा अछाममा १ सय २२ जनाले आत्म हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बहादुर बोहराका अनुसार झुन्डिएर, विष सेवन गरेर तथा हाम फालेर आत्महत्या गर्नेहरूको सङ्ख्या बढ्दै गएको हो । बोहराका अनुसार आत्महत्या गर्नेहरूमा अधिकांश महिला रहेका छन् ।

महिला माथि हुने विभिन्न हिंसा,वैदेशिक रोजगारी ,सामाजिक सञ्जाल र कानुनी ज्ञानको अभावका कारण आत्महत्या गर्नेमा महिलाहरू बढी देखिएको उहाँको भनाइ छ । आफूमाथि हिंसा तथा अन्याय भएमा कानुनी उपचार खोज्नुपर्नेमा बोहराले जोड दिनु भएको छ ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जनक बोहरासँग कुराकानी गरेका छौ ।

कुराकानी : जनक बोहरा


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस