Techie IT

युवा नेता सुनारद्वारा काँग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा


युवा नेता डम्बर बहादुर सुनार (डिवि)ले नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागी उम्मेद्वारी घोषणा गर्नु भएको छ ।

नेता सुनारले नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागी समावेशी तर्फबाट उम्मेद्वारी घोषणा गर्नु भएको हो ।

सामाजिक सञ्जाल फेसबुक मार्फत नेपाली काङ्ग्रेस को १४ औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागी उम्मेद्वारी घोषणा गर्दै उहाँले सबै सवैबाट अमूल्य मत र साथको अपेक्षा गरेको बताउनु भएको छ ।

उम्मेद्वारी घोषण गर्दै उहाँले फेसबुकमा लेख्नु भएको छ “हजुरहरूको साथ सहयोग र अमूल्य मतको अपेक्षा गर्दछु” ।

नेपाली काँग्रेसको हितका लागी युवाहरूको प्रतिनिधिका रूपमा बलियो काङ्ग्रेस र सङ्गठन निर्माणका लागि आफ्नो उम्मेद्वारी रहने उहाँले बताउनुभयो ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालीकोट घर भई हाल नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको अन्तर्राष्ट्रिय  तथा विदेश नीति विज्ञ सदस्य समेत रहनु भएका सुनार अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि ( पि.एच.डी ) गर्दै हुनुहुन्छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस