Techie IT

डोटी र अछाममा निःशुल्क प्लाष्टिक सर्जरी शिविर संचालन हुने


डोटी र अछाममा निःशुल्क प्लाष्टिक सर्जरी शिविर संचालन हुने भएको छ ।

कीर्तिपुर अस्पतालको आयोजना तथा स्माइल ट्रेन र रिसर्ज ईन्टरनेशनलको सहयोगमा फेक्ट नेपाल तथा कीर्तिपुर अस्पतालको प्राविधिक सहयोगमा जिल्ला अस्पताल डोटी र बयलपाटा अस्पताल अछाममा निःशुल्क प्लाष्टिक सर्जरी शिविर संचालन हुने भएको हो ।

शिविरमा ओठ तथा तालु चिरिएका, खुडे तथा आगोले पोलेर एक भाग अर्को भागसँग जोडिएको कुँजो भएका मानिसहरूको उपचार गरिने आयोजक संस्थाका तर्फबाट हरिकृष्ण अधिकारीले जानकारी दिए ।

डोटी जिल्ला अस्पतालमा भदौ २६, २७ र २८ गते उपचार गरिने छ । यस्तै बयलपाटा अस्पतालमा भदौ २९ गते शिविर संचालन गरिने जनाईएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस