Techie IT

मेल्लेख गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनको तयारी पुरा (कुराकानी सहित)

प्रशासनिक भवनसँगै आधारभूत अस्पताल उद्घाटन गरिँदै


मेल्लेख गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनको तयारी पुरा भएको छ ।

गाउँपालिकाको नव निर्मित भवनको उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको हो । प्रशासनिक भवन सँगै मेल्लेख गाउँपालिकामा १५ शय्याको अस्पतालको समेत भोलि उद्घाटन गरिँदै छ ।

गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराका अनुसार १५ शय्याको आधारभूत अस्पतालको सोमवार बिहान र प्रशासनिक भवनको दिउसो औपचारिक रूपमा उद्घाटन गरिने छ । उद्घाटन कार्यक्रमका लागी आवश्यक सम्पूर्ण तयारी पुरा भइसकेको उहाँले बताउनुभयो ।

प्रशासनिक भवन सञ्चालनमा आएसँगै गाउँपालिका कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा सहज तथा प्रविधिमैत्री हुने अध्यक्ष बोहराको विश्वास रहेको छ ।

गाउँपालिकाको प्रशासनिक भवन सँगै १५ शय्याको आधारभूत अस्पताल उद्घाटनका विषयमा मेल्लेख गाउँपालिकाका अध्यक्ष लोक बहादुर बोहरासँग गरिएको कुराकानी :-


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस