Techie IT

अछाममा आईतबार थप १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी


अछाममा आईतबार थप १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।  पछिल्लो २४ घण्टामा कमलबजार पिसीआर प्रयोगशालामा ६ जनाको नमुना परिक्षण भएकामा १ जनामा संक्रमण पुष्टि भएको हो ।

आईतबार संक्रमण पुष्टि हुनेमा साँफेबगर नगरपालिकाको वडा नम्बर ३ का १ जना पुरुष रहेका प्रयोगशालाका सुचना अधिकारी टेक बहादुर बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार कमलबजार नगरपालिका १ जना पुरुषको भने रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ । यो सहित हालसम्म पिसिआर प्रयोगशालामा ७ हजार ९ सय ४६ जनाको कोरोना परीक्षण गर्दा २ हजार ७ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दा सम्म जिल्लाभर ५ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ ।


क्याटेगोरी : कोरोना कहर, मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस