Techie IT

साँफेबगर र मेल्लेखका ९२ घरधुरीलाई खाद्यान्न सहयोग


साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौ र मेल्लेख गाउँपालिका वडा नम्बर वडा नम्बर ७ नन्देगडाका ९२ घर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

वर्ल्ड भिजन इन्टरनेशनल र आस्था नेपालको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सर्शिप परियोजनाद्वारा मष्टामाण्डौँ र नन्देगडाका ९२ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको हो ।

अति जोखिममा परेका, कोभिडबाट प्रभावित ,अपाङ्गता बालबालिका परिवारका आरसी र नन आरसी गरी ९२ घरपरिवारलाई २ लाख ८६ हजार बराबरको खाद्यान्न सहयोग गरिएको छ ।

प्रति व्यक्ती ३० केजी चामल ,३ केजी दाल,२ केजी चिनी,२ केजी नुन,२ लिटर तेल र ४ पिस साबुन गरी प्रति व्यक्ती जम्मा ३ हजार १ सय १६ रुपैयाँ बराबरको खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण कार्यक्रममा विभिन्न जनप्रतिनिधि तथा सरोकारवालको सहभागिता रहेको बताइएको छ ।

कोभिड १९का कारण बन्दा बन्दिका बेला समुदायमा परेको प्रभावलाई मध्यनजर गर्दै कार्य क्षेत्रका कार्यक्रममा दर्ता गरिएका आर्थिक अवस्था कमजोर परिवारका अति बिपन्न,असहाय,अपाङ्ग ,टुहुरा अनाथ तथा अति जोखिममा रहेका बालबालिकाहरूलाई सहयोग गरिएको आस्था नेपालका तपेन्द्र बि क ले जानकारी दिनुभएको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस