चर्चामा बान्नीगढी गाउँपालिका : नाम सडक नाटक प्रदर्शन छतमा
गोप्य हलमा तिज कार्यक्रम २९ जना महिलाको सहभागिता ७५ हजार बढी खर्च

हरेक वर्ष भाद्र २९ गते विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइने गरिन्छ । यस वर्ष पनि अछामका सरकारी तथा गैर सरकारी निकायहरूले विभिन्न कार्यक्रम गरी बाल दिवस मनाएका छन् ।
बाल दिवस कार्यक्रम बनाउने क्रममै जिलाको बान्नीगढी जयगढ गाउँपालिका भने फरक कारणले चर्चामा आएको छ ।
बेला बेलामा क्रियाकलाप गरी चर्चामा आइरहने बान्नीगढी जयगढ गाउँपालिका यस पटक भने सडक नाटक गाउँपालिकाको छतमा प्रदर्शन गरेर चर्चामा आएको हो ।
नाम नै सडक नाटक भनेपछि जो जो कोहीले सजिलै बुझ्न सक्छन् कि सडकमा गरिने प्रदर्शन तर बान्नीगढी जयगढ गाउँपालिकाले भने सडक नाटक गाउँपालिकाको छतमा गर्दै फरक अभ्यासको सुरुवात बाल दिवसको अवसरमा गर्यो जुन निकै चर्चाको विषय बनेको छ ।
बान्नीगढी जयगढ गाउँपालिकाको यही भाद्र २७ गतेको चलानी नम्बर २०० का पत्र अनुसार बान्नीगढी जयगढ गाउँपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आर्थिक वर्ष २०७८।७९ को वार्षिक स्विकृत कार्यक्रम अनुसार बाल विवाह न्यूनीकरण विषयमा सडक नाटक प्रदर्शन सँगै प्रतियोगिता आयोजना गरिएको हो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशीद्वारा हस्ताक्षरित ६ वटै वडाका वडा स्तरीय बाल क्लबलाई गरिएको पत्राचारमा सडक नाटक प्रतियोगिता गरिने स्थान सरस्वती माद्यामिक विद्यालय जयगढ देवल बजार भनी उल्लेख गरिएको भए पनि कार्यक्रम भने बान्नीगढी जयगढ गाउँपालिकाको छतमा गरिएको छ ।
सडक नाटक कार्यक्रमका सार्वजनिक भएका तस्बिरहरूमा बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्का र उपाध्यक्ष लोक बहादुर साउँद समेत सहभागी भएको प्रष्ट रूपमा देख्न सकिन्छ ।
सडक नाटक कार्यक्रम गाउँपालिकाको छतमा गरिएको बिषष सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भइरहेका छन् ।
बाल दिवस कार्यक्रमको लागत र खर्चका विषयमा भने कुनै हिसाब किताब सार्वजनिक गरिएको छैन
गोप्य हलमा तिज कार्यक्रम : २९ जना महिलाको सहभागिता ७५ हजार बढी खर्च
केही दिन पहिले मात्रै बान्नीगढी जयगढ गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा गाउँपालिकाका महिला कर्मचारी तथा केही स्थानीय महिला गरी २९ जना महिलाको उपस्थितिमा गाउँपालिकाको हलमा तिज कार्यक्रम आयोजना गरिएको विषय समेत चर्चामा आएको थियो ।
गाउँपालिका स्रोतका २९ जना महिलालाई कार्यक्रममा सहभागी गराउँदै तिज तथा दरका नाममा ७५ हजार बढी रकम खर्च गरिएको थियो ।
क्याटेगोरी : बान्नीगढी बिशेष, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ बैतडीमा चितुवा आतंक कायमै दैनिक घरपालुवा जनावर मार्न थाल्यो
- २ रामारोशनको विकासका लागि पर्यटन विकास समितिको चाँसो
- ३ जनताका आवश्वकता अनुसार पहिलो बर्षको बजेट बिनियोजन गरेको : वडा अध्यक्ष शाही (कुराकानी सहित)
- ४ सुदूरपश्चिममा थप ५४ जनामा कोरोना पुष्टि
- ५ २४ घण्टामा ५ सय ५३ जनामा कोरोना पुष्टि, ४ सय ३३ जना निको
- ६ अछाममा आईतबार १ जनामा कोरोना भाइरसको संक्रमण
- ७ पहिराेले डुम्रे–बेसीसहर र बेसीसहर-चामे सडक खण्ड अवरुद्ध
- ८ तोलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ
प्रतिक्रिया दिनुहोस