Techie IT

घाँसे मेलाको अवसरमा जयगढमा सरसफाइ सहित वृक्षारोपण


घाँसे मेलाको अवसरमा जयगढमा वृक्षारोपण गरिएको छ । रोट्र्याक्ट क्लब अफ कुपण्डोल र ट्रोल जयगढका सदस्यहरूले सरस्वती माद्यामिक विद्यालय जयगढ परिसरमा वृक्षारोपण तथा सरसफाइ गरेका हुन् ।

कोरोना कहरका कारण भिडभाड गर्न नपाइने भएपछि घाँसे मेलाको अवसरमा सरस्वती माद्यामिक विद्यालय परिसरमा सरसफाइ तथा वृक्षारोपण गरिएको रोट्र्याक्ट क्लब अफ कुपण्डोलका संयोजक दीपेन्द्र साउँदले बताउनुभयो ।

विद्यालयमा विभिन्न प्रजातिका ३० वटा बोट बिरुवाहरू रोपिएको साउँदको भनाई छ ।

कार्यक्रममा सरस्वती माद्यामिक विद्यालयका रतन बहादुर साउँद, जयगढ प्रहरी चौकीका इन्चार्ज रमेश राज भट्ट ट्रोल जयगढका जनकराज उपाध्याय लगायतका युवाहरुको सहभागिता रहेको थियो ।

केही तस्बिरहरू :-


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!