Techie IT

बान्नीगढी गाउँपालिका १ नम्बर वडा कार्यालय गाज्रामा स्थानीयद्वारा तालाबन्दी


अछामको बान्निगढी जयगढ गाउँपालिकाको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

जिल्लाको बान्निगढी जयगढ गाउँपालिका अन्तरगत वडा न. १ को कार्यालयमा तालाबन्दी गरिएको हो ।

स्थानीयहरुले सडक मर्मतको माग राख्दै तालाबन्दी गरेको बताएका छन् । बडाकोट कुण्डाली गाजरा सडक मर्मत गर्नुपर्ने भएको तर पटक पटक माग गर्दा समेत चासो नदेखाएकाले वडा कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको स्थानीयको भनाई छ ।

यता, वडा अध्यक्ष हिरण्ड बहादुर खड्काले बर्षायामका कारण सडक मर्मतमा केहि ढिलाई भएपनि सडक मर्मतका लागी गाउँपालिकाको डोजर बोलाईएकोमा डोजर नआएको बताउनु भएको छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!