परिवार नियोजन दिवस : अछाममा परिवार नियोजन गर्नेमा महिलाको संख्याको बढि (कुराकानी सहित)

अछाममा परिवार नियोजन सम्बन्धी अझै पनि खुलेरै बहस हुन नसक्दा अपेक्षाकृत नतिजा हाँसील गर्न कठिनाइ भएको छ ।
परिवार नियोजन सेवाका विषयमा खुलेरै बहस हुन नसक्दा अछाममा परिवार नियोजन कार्यक्रमले अपेक्षाकृत सुधार ल्याउन नसकेको देखिएको हो । परिवार नियोजन साधनहरूको प्रयोग दर तथा पहुँचका सूचकहरू वर्षाैंदेखि स्थिर रहेकाले कार्यक्रम प्रभावकारिता कम देखिएको छ ।
स्वास्थ्य कार्यालय अछामका प्रमुख जनस्वास्थ्य अधिकृत झनकराज ढुङ्गानाका अनुसार अछाममा परिवार नियोजनका साधनको प्रयोग दर ३३ प्रतिशत रहेको छ । सन २०३० सम्म नेपालमा परिवार नियोजन दर ६० प्रतिशत पुर्याउने दिगो विकास लक्ष राखिएको भए पनि अछाममा परिवार नियोजन दर ३३ प्रतिशत मात्र रहेको तथ्याङ्कले देखाएको छ ।
जिल्ला अस्पताल मंगलसैनका निमित्त मेडिकल सुपरिटेन्डेन्ट सोनाली बास्कोटाका अनुसार अछाममा अझै पनि परिवार नियोजन र यसको प्रयोगका विषयमा खुलेर कुरा नगर्ने,लजाउने जस्ता कारणले पनि परिवार नियोजन दर बढ्न नसकेको हो ।
अछाममा परिवार नियोजनका साधन प्रयोग गर्नेमा महिलाको सङ्ख्या बढी रहेको छ । डाक्टर बास्कोटाका अनुसार अछामका पुरुषहरू प्राय गरी रोजगारीका लागी भारत लगायतका देशमा गइरहने भएकाले पनि परिवार नियोजन गर्नेमा महिलाको सङ्ख्या बढी भएको हो ।
जिल्लामा इम्प्लान्ट प्रयोग गर्ने महिलाहरूको सङ्ख्या भने वृद्धि भएको उहाँले बताउनुभयो । परिवार नियोजनका साधन प्रयोग गर्दा स्वास्थ्यमा असर पर्छ भन्ने गलत बुझाइका कारण पनि परिवार नियोजन दर वृद्धि हुन नसकेको उहाँको भनाइ छ ।
यसै बिच आज हामीले परिवार नियोजन दिवसका अवसरमा जिल्ला अस्पताल अछामका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सोनाली बाँस्कोटासंग अछाममा परिवार नियोजनको अवस्थाका विषयमा कुराकानी गरेका छौ ।
कुराकानी : सोनाली बाँस्कोटा
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- २ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ३ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ४ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ५ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ६ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ७ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
- ८ बान्नीगढीमा सरसफाइ, युवा सञ्जालले देखायो सक्रियता
प्रतिक्रिया दिनुहोस