Techie IT

मेल्लेख गाउँपालिकाद्वारा ४ वर्षका उपलब्धि सार्वजनिक


अछाम जिल्लाको मेल्लेख गाउँपालिकाले आफ्नो कार्यकालको ४ वर्ष अवधिमा गरेका उपलब्धिको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

जनताको माझमा चुनावताका समयमा गरेका प्रतिबद्धता अनुसार क्रमिक रूपमा काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

४ वर्षको अवधिमा शिक्षा, स्वास्थ्य, विद्युतिकरण, भौतिक पूर्वाधार निर्माण, ग्राम उद्योग स्थापना लगायतका उल्लेख्य काम भएका गाउँपालिकाका अध्यक्ष लोक बहादुर बोहराले बताउनु भयो ।

प्राथमिकतामा राखेको गाउँपालिकाको प्रशासनिक भवन, वडा कार्यालयका भवन सम्पन्न सहित स्वास्थ्यका संरचना धमाधम निर्माण भई रहेका बताउनु भयो । सुदूरपश्चिमको पहाडी जिल्लामै उपलब्धिको रूपमा स्थापना भएको ग्राम उद्योग, १५ शय्याको अस्पताल स्थापना भएको अध्यक्ष बोहराले बताउनु भयो ।

लालपुर्जा नागरिकलाई लालपुर्जा वितरण, साँफेबगर देखी आफ्नै गाउँपालिकासम्म बस सेवा सञ्चालन गरेको बताउनु भयो । अझै पनि बाकी कार्यकालको ६ महिनासमेत गाउँपालिकाको विकासमा खर्चिने बताउनु भयो । ६ महिनाको अवधिमा समेत थुप्रै काम गर्न सकिने भएकाले सबैले साथ सहयोग गर्नुपर्ने बताउनु भयो ।

गाउँपालिकाको हरेक उपलब्धिमा जनता समेत हकदार भएकाले अझै दिगो प्रगतिमा सबैले साथ दिनुपर्ने बताउनु भयो । पत्रकार सम्मेलनमा गाउँपालिकाका उपाध्यक्ष धन बहादुर शाहीले न्यायिक समिति मार्फत भएका कार्यसम्पादनका काम र विकास निर्माणको क्षेत्रमा गरिएको अनुगमनको उपलब्धि बारे जानकारी गराउनु भएको थियो ।

अझै न्यायिक समितिमा न्याय माग्नका लागि कोही नआएकाले सबै वडा अध्यक्षलाई भूमिका खेल्न आग्रह गर्नु भयो । वडा नम्बर ६ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक नरपति रावलले पहिलो वर्ष खानेपानी तथा शिक्षालाई प्राथमिकता दिएको बताउनु भयो ।

शिक्षा क्षेत्रका अभावलाई पूर्ति गर्दै गाउँपालिका अघि बढेकाले अझै हरेक क्षेत्रका समस्या समाधान गर्दै जाने रावलले बताउनु भयो । गाउँपालिकाको विकासका लागि राजनीतिक दल, सरोकारवाला सबैले साथ दिनुपर्ने बताउनु भयो ।

सुदूरपश्चिमको पहिलो औद्योगिक ग्रामको रूपमा मेल्लेखमा ग्राम उद्योगको उद्घाटन

 


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

रावल बान्नीगढी टुडेको अतिथि सम्पादक हुन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!