Techie IT

नेकपा माओवादी केन्द्र दर्नाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न


नेकपा माओवादी केन्द्र वडा सङ्गठन कमिटी दर्नाको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

वडा सङ्गठन कमिटी अध्यक्ष चक्र बहादुर शाहको अध्यक्षतामा भएको बैठकमा पालिका कमिटी सचिव जगत थापा प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका सङ्गठन कमिटीका सचिव जगत बहादुर थापाले देश माओवादीकै एजेण्डामा अघि बढेको दाबी गर्नुभयो ।

प्रत्येक नागरिकलाई नेकपा माओवादी केन्द्र पार्टी तथा मोर्चामा गोलबद्ध गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै थापाले पार्टीलाई अझै बलियो बनाउन सङ्गठन बिस्तार गर्न सबै कार्यकर्ता अग्रसर हुनुपर्नेमा जोड भयो ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन अछामका उपाध्यक्ष भोज बहादुर धामी,जिल्ला सल्लाहकार सदस्य लाल सिंह परियार,पालिका कमिटी सदस्य लोक बहादुर शाह लगायतका अतिथि रहनु भएको थियो ।

बैठकमा पार्टीको वटा कमिटीको वर्तमान अवस्थाका विषयमा छलफल गर्नुका साथै पार्टी सङ्गठनलाई थप मजबुत बनाउँदै अघि बढ्ने निर्णय गरिएको बताइएको छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस