Techie IT

संविधान दिवसका अवसरमा अछाममा ३ जना कैदी छुटे


अछाममा संविधान दिवसको अवसरमा अछाम कारागारबाट तीन जना कैदी छुटेका छन् ।

छुट्नेमा बहु विवाह मुद्दामा कैद भुक्तान गरिरहेका अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ का द्वारिका तिमिल्सैना,बहु विवाह मुद्दामै सजाय भुक्तान गरिरहेकी तारातार ४ बर्दियाकी जुना श्रेष्ठ रहेका छन् ।

यस्तै चोरी मुद्दामा कैद भुक्तान गरिरहेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ बाँकेका अर्जुन थापा मगर पनि कैद मिनाहा भई छुटेका छन् ।

बहु विवाह मुद्दामा जेल सजाय सुनाइएका तिमिल्सैनाले ३७ प्रतिशत र श्रेष्ठले ४८ प्रतिशत कैद भुक्तान छुट पाएका हुन् भने चोरी मुद्दामा जेल सजाय सुनाइएका थापामगरले ३० प्रतिशत जेल भुक्तान छुट पाएको जिल्ला कारागार कार्यालय अछामका निमित्त कार्यालय प्रमुख धन बहादुर शाहीले बताउनुभयो ।

सरकारले हरेक वर्ष संविधान दिवसको अवसरमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका, असल चालचलन भएकाहरूको कैद सजाय मिनाहा गर्ने गरेको छ ।

यो वर्ष संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ८ जनालाई माफी र ५२३ जनाको कैद कट्टा गर्नु भएको छ ।

यो पनि पढ्नुहोस् :-

संविधान दिवस : जनज्योति आधारभूत विद्यालयमा वृक्षारोपण


क्याटेगोरी : मुख्य समाचार, राष्ट्रिय, समाचार, समाज, स्थानीय, हेडलाईन, अपराध

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस