Techie IT

५० लाख नदिए जबरजस्ती करणीमा मुद्दा हाल्ने धम्की दिई पैशा असुल्न खोज्ने ३ महिला पक्राउ


बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी गर्ने धम्की दिने ती महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

एक पुरुषलाई बलात्कार अभियोग लगाउने भन्दै ५० लाख रुपैयाँ माग गरेको आरोपमा दाङ प्रहरीले तीन जना महिलालाई पक्राउ गरेको हो । प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुषमा परियारलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु विरुद्ध आपराधिक लाभसम्बन्धी अपराधमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

धेरै दिनदेखि एक पुरुषलाई ५० लाखको बार्गेनिङ गरिरहेका थिए । पीडित पुरुषले उनीहरूको बारेमा जानकारी गराई प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार दाङको पीडित पुरुषले सागर एन्ड सुनिल रेस्टुरेन्ट तथा लज होटेलमा गई सिता देवी थापा, खुमा वली र उनीहरूकै साथमा रहेकी सुषमा परियारसँग भेट गरी १७ लाखको चेक दिएका थिए । पीडितको उजुरीका आधारमा प्रहरीले थापाको कोठामा खानतलासी गर्दा १७ लाख रुपैयाँको चेक भेटेको थियो । साथै नगद १ लाख भने ब्याजमा लगाइसकेको प्रहरीले जनाएको छ ।

गत असार ६ गते दाङको घोराहीमा पीडित पुरुषलाई सीतादेवी थापाले फोन गरेर ‘मेरो घरायसी विषयको मुद्दा छ, तपाईँ कानुनको बारेमा जानेको मान्छे’ भनी सल्लाह गर्न बोलाए। त्यसपछि पीडित पुरुषले घोराही उपमहानगरपालिका–१५ को कोहिनुर रेस्टुरेन्टमा घोराही नगरपालिका–१५ कि थापा र खुमा वलीलाई भेटे ।

रेस्टुरेन्टको क्याबिन कोठामा मुद्दाको बारेमा कुराकानी गरेपछि घर फर्किने बेलामा थापा कोठाको खाटमा पल्टिएको र पैसा तिरिसक्दा पनि तल नझरेपछि पीडित पुरुषले बोलाउन जाँदा गाली गलौच गरेर ‘मेरो इज्जतमा हात हाल्ने अब म छोड्दिन जबरजस्ती करणीमा मुद्दा हाल्छु’ भनी वादविवाद भएको प्रहरीले बताएको छ ।

पीडितको उजुरीका आधारमा प्रहरीले थापाको कोठामा खानतलासी गर्दा १७ लाख रुपैयाँको चेक भेटेको छ भने नगद १ लाख भने ब्याजमा लगाइसकेको पाइएको प्रहरी प्रवक्ता रिजालले बताए ।


क्याटेगोरी : अपराध, मुख्य समाचार, राष्ट्रिय, समाज, हेडलाईन, अपराध

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस