Techie IT

एमाले नेता रावतको अवस्था अझै अज्ञात


बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाका धन बहादुर रावतको अवस्था अझै पनि अज्ञात रहेको छ ।

असोज ४ गते देखी परिवारको सम्पर्क बाहिर रहेका रावतको अवस्था अझै पनि अज्ञात रहेको हो ।

रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा अनन्ते मेला हेर्न गएका रावत यही असोज ४ गते देखी बेपत्ता भएका थिए ।

असोज ४ गते सुतारमा अनन्ते मेला हेर्न गएका रावत सोही राती देखी परिवारको तथा आफन्तको सम्पर्कमा आएका छैनन् ।

नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य समेत रहेका भएका रावत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नाको वडा अध्यक्षको उम्मेद्वार बन्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तुलसीराम अर्यालका अनुसार रावतको खोजी कार्यका लागी जिल्ला प्रहरीले ५ वटा टोली परिचालन गरेको छ ।

रावतको खोजी तथा घटनाको अनुसन्धानका लागी डिएसपी अर्याल समेत खटिनु भएको छ भने प्राविधिक रूपमा समेत घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

एमाले नेता रावत ३ दिन देखी बेपत्ता : खोजी कार्य जारी


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस