मेल्लेखमा एमबिबिएस डाक्टर सहित आधारभूत अस्पताल सञ्चालन
गाउँघरमै एक्स-रे भिडियो एक्स-रे सेवा पाउँदा स्थानीय हर्षित

मेल्लेख गाउँपालिकाले १५ शैय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएसँगै स्थानीय हर्षित भएका छन् ।
गाउँपालिकाले एमबिबिएस डाक्टर सहित आधारभूत अस्पताल सञ्चालनमा ल्याएपछि स्थानीय हर्षित भएका हुन् ।
गाउँपालिकामै एमबिबिएस डाक्टरद्वारा स्वास्थ्य सेवा पाइने भएपछि त्यहाँका नागरिकलाई सामान्य जाँचका लागी पनि गाउँपालिका बाहिर बयालपाटा अस्पताल लगायतका ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।
हाल आधारभूत अस्पतालले इमर्जेन्सी सेवासँगै बहिरङ्ग र अंतरग सेवा नियमित रूपमा प्रदान गर्दै आइरहेको छ । सामान्य बहिरङ्ग सेवा सर्वसुलभ रूपमा सशुल्क प्रदान गर्दै आएको आधारभूत अस्पतालले गर्भवती जाँच सेवा निःशुल्क रूपमा शनिवार बाहेक प्रत्येक दिन प्रदान गर्दै आएको छ ।
यस्तै अस्पतालले प्रयोगशाला सेवा समेत प्रवाह गरिरहेका छ । बिरामीको प्रकृति हेरि सशुल्क र निःशुल्क रूपमा सेवा प्रदान गर्ने गरिएको बताइएको छ ।
आधारभूत अस्पतालका प्रमुख डाक्टर देवांशु भट्टका अनुसार इमर्जेन्सी सेवा आवश्यकता अनुसार र अन्य सेवा नियमित कार्यालय समयमा प्रदान भइरहेका छन् ।
आधारभूत अस्पतालमा हाल भिडियो एक्स-रे सेवा सुरु भइसकेको छ भने एक्स-रे मेसिन समेत पुगिसकेकाले केही दिनमा सेवा सुरु गरिने डाक्टर भट्टले बताउनुभयो ।
गाउँ ठाउँमै सर्वसुलभ रूपमा अस्पतालले आवश्यक सेवा प्रदान गर्न थालेसँगै आम नागरिक समेत अस्पताल प्रति आकर्षित हुँदै गएको उहाँको भनाइ छ ।
अस्पतालबाट प्रदान गरिने सेवालाई थप बिस्तार गर्दै अघि बढ्न लागी परेको उहाँले बताउनुभयो ।
गाउँपालिकाका नागरिकको स्वास्थ्यप्रति संवेदनशील बनेर काम गर्ने डाक्टर भट्टले प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
यसै बिच आज हामीले मेल्लेख गाउँपालिकामा सञ्चालनमा आएको आधारभूत अस्पतालका प्रमुख डाक्टर दिवांशु भट्टसँग अस्पतालले प्रदान गर्ने सेवा सुविधाका विषयमा कुराकानी गरेका छौँ ।
कुराकानी : दिवांशु भट्ट
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस