Techie IT

नौ मुठे गाइ संरक्षणको लागि अछाममा अभियान सुरु


विश्वको सबैभन्दा सानो प्रजाति भनेर चिनिने अछामी नौ मुठे गाई संरक्षण अभावमा लोप हुने अवस्थामा पुगेको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाइने यो जातको गाई लोप हुने अवस्थामा पुगेको छ ।

गाइ संरक्षणको लागि अछाममा अभियान सुरु भएको छ । सानो आकारको भएकाले नौ मुठे गाइलाइ पाल्न सजिलो हुन्छ । थोरै आहारामा पाल्न सकिने भएकाले अरु गाई पाल्न जस्तो समस्या यो गाइ पाल्न हुँदैन ।

यो गाईको दूध अन्य गाईको भन्दा मिठो र पोषिलो हुन्छ । यो गाई मुख्यगरी अछामको बाब्ला, घुघुरकोट, देवीस्थान, बुढाकोट, मष्टामाडौं र खप्तडमा पाइन्छ ।

पछिल्लो समय गाइका लागि अनुकुल हावा पानि नहुँदा र किसानहरुले नै गाई पाल्न छाडेका छन् ।

नौ मुठे गाईको अगाडिको खुट्टादेखि जुरोसम्मको उचाइ मानिसको हातको मुठ्ठीले नाप्दा जम्मा नौ मुठ्ठी हुने मात्रै हुने भएकाले यस गाइलाइ नौ मुठे गाइ भनिएको हो ।

अछामका विभिन्न गाउँ तथा बस्तीमा रहेका नौ मुठे गाईको संख्या करिब ५ सय ७४ छ । यो गाइको संरक्षणको लागि साँफेवगर नगरपालिकाले पहल थालेको छ ।

हावापानीले खासै असर नपर्ने यो प्रजातिको गाई नेपालको जुनसुकै पहाडी जिल्लामा पनि पाल्न सकिन्छ । पोषिलो हुने भएकाले यो गाइको दूध, दहि र घ्यू पनि महंगो हुने गरेको छ ।

सुनौँ यो रिपोर्ट


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस