Techie IT

विनायकका विपन्न तथा अनाथ बालबालिकाहरूलाई न्यानो लुगा बितरण


पञ्चदेवल विनायक नगरपालिकामा विपन्न तथा अनाथ बालबालिकाहरूलाई न्यानो लुगा बितरण गरिएको छ ।

कर्णाली बेसिन कन्जरवेशन फाउन्डेसनका कन्सल्टेन्ट (फाउन्डेसन प्रमुख) गौरव देवकोटा को आर्थिक सहयोग तथा स्थानीय युवा भीम बहादुर नेपालीको समन्वयमा न्यानो लुगा बितरण गरिएको हो ।

पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ मा रहेका अति गरिब विपन्न तथा अनाथ बालबालिकाहरूलाई चिसो मौसमका लागी लागि न्यानो लुगा बितरण गरिएको स्थानीय अगुवा युवा भीम बहादुर नेपालीले जानकारी दिनुभयो ।

नगरपालिकाको वडा नम्बर २ का १० जना बालबालिकाहरूलाई न्यानो लुगा बितरण गरिएको बताइएको छ ।

 


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस