Techie IT

नेता रावतको निधनप्रति एमाले अछामद्वारा दुख व्यक्त : दोषीलाई कारबाही गर्न माग


एमाले अछामका नेता धन बहादुर रावतको निधनप्रति नेकपा एमाले अछामले दुःख व्यक्त गरेको छ ।

नेकपा एमाले अछामले एक विज्ञप्ति जारी गर्दै नेता रावतको निधन प्रति दुःख व्यक्त गरेको हो ।

असोज ४ गते देखी बेपत्ता रहेका रावत सोमवार बिहान बान्नीगढी जयगढ गाउँपालिका नम्बर ६ दर्नाको रवालेकमा मृत अवस्थामा भेटिएका थिए ।

केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज झपट बोहराद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ‘सम्पूर्ण पार्टी पङ्क्ति यस दुखद घडीमा निजका आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पित गर्दछ ’ ।

यस्तै रातको निधनसँगै ‘पार्टीले एक कुशल संगठक, नैतिकवान्, आदर्शवान, निष्ठावान्, जुझारु, अनुभवी तथा अगुवा नेता कमरेड सदस्य गुमाएको छ । पार्टीको लागि यो क्षति अपुरणीय रहनेछ । यस पार्टीमा उहाँले गरेको योगदानको पार्टीले सदैव उच्च मूल्याङ्कन गरिरहनेछ, विज्ञप्तिमा भनिएको छ ।

यस्तै मृत अवस्थामा भेटिएका नेता रावतको मृत्यु अस्वाभाविक देखिएको उल्लेख गर्दै निष्पक्ष जाँच एवं छानविन गरी सत्य तथ्य पत्ता लगाइ दोषीलाई कडा भन्दा कडा कारबाहीका लागी विज्ञप्ति मार्फत माग गरिएको छ ।

रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारको अनन्ते मेला हेर्न गएका रावतको शव सोमवार बिहान दर्नाको कालारवा लेकको जङ्गलमा भेटिएको थियो । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ ।

आठ दिन देखी बेपत्ता एमाले नेता रावत मृत भेटिए


क्याटेगोरी : अपराध, मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस