Techie IT

मंगलसेनका करार कर्मचारीद्धारा बिभिन्न माग सहित नगरप्रमुखलाई ज्ञापनपत्र पेश


स्थानीय तह अस्थायी तथा करार कर्मचारी हकहित मञ्च मंगलसेन नगरपालिका समितिले विभिन्न माग सहित नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।

मञ्चका अध्यक्ष हिरण्ड बहादुर बोगटी नेतृत्वको कर्मचारीहरूको टोलीले नगर प्रमुख पदम बहादुर बोहरालाई ज्ञापन पत्र बुझाएको हो ।

कर्मचारीहरूका सामूहिक माग समेटिएको १२ बुँदे ज्ञापन पत्र पेस गरिएको जनाइएको छ । अध्यक्ष बोगटीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा पद अनुसारको समान तलब भत्ताको व्यवस्था गरिनुपर्ने लगायत १२ वटा बुँदामा मागहरू राखिएको छ ।

ज्ञापन पत्र बुझ्दै नगरप्रमुख बोहराले करार कर्मचारीहरूका मागहरू जायज भएको र माग पुरा गर्न आफूले सक्दो पहल गर्ने बताउनुभयो । ज्ञापनलाई आगामी कार्यपालिका बैठकमा पेस गरि छलफलको विषय बनाउने र कर्मचारीहरूका माग सम्बोधनका लागि पहल गर्ने नगरप्रमुख बोहराको भनाई छ ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा नगर उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको विशेष उपस्थिति रहेको थियो ।

ज्ञापन पत्र बुझाउनु पूर्व स्थानीय तह अस्थायी तथा करार कर्मचारी हकहित मञ्च मंगलसेन नगर समितिको बैठक बसी नगरपालिकामा पेस गर्ने निर्णय गरिएको मञ्चका सचिव तर्क कुमार भूलले जानकारी दिनुभयो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस