Techie IT

नेकपा एकीकृत समाजवादीको बैठक जयगढमा सम्पन्न – एमालेको पालिका कमिटी समाजवादीमा समाहित


नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको बैठक जयगढमा सम्पन्न भएको छ ।

तरुण खड्काको अध्यक्षतामा बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा बैठक सम्पन्न भएको हो ।

बैठक मार्फत साबिकको नेपाल कम्युनिष्ट पार्टी एमालेको गाउँपालिका सङ्गठन कमिटी एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरिएको छ ।

साबिक नेकपा एमालेको गाउँपालिका सङ्गठन कमिटीका अध्यक्ष तरुण खड्का र सचिव तीलक ठकुल्लाले आफूहरूसँगै साबिक कमिटीका बहुमत पदाधिकारीहरू माधव कुमार नेपाल नेतृत्वको समाजवादीमा समाहित भएको दाबी गर्दै यस्तो घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष तरुण खड्काले बान्नीगढी जयगढ गाउँपालिकामा नेकपा एकीकृत समाजवादी पहिलो पार्टीका रुपमा स्थापित हुने दाबी गर्दै सम्पूर्ण कार्यकर्तालाई विचलित नभई समाजवादको यात्रामा लाग्न अपिल गर्नु भयो ।

यस्तै नेता मोहन ताम्राकारले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीप्रति युवाहरूको आकर्षण बढेकोमा खुसी व्यक्त गर्दै समाजवादको यात्रालाई सफल पार्न तथा राजनीतिक परिवर्तनका लागी युवाहरू जाग्नुको विकल्प नहुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै सचिव तीलक ठकुल्लाले नेकपा एकीकृत समाजवादीले परिवर्तन र समृद्धिका लागी सुरु गरेको समाजवादको यात्रा पुराना योद्धाहरूलाई सम्मान र नयाँ युवापुस्तालाई अवसर दिई अगाडी बढाइने उल्लेख गर्नु भएको छ ।

बैठकले नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य तथा दर्नाका सामाजिक अगुवा धन बहादुर रावतको निधनप्रति शोक प्रस्ताव पारित गर्दै घटनाको सत्य तथ्य छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

यस्ता पार्टीको जिल्ला स्तरीय भेलाका लागी आवश्यक तयारी सँगै पालिकाका बिभिन्न वडामा पार्टी सङ्गठन बिस्तार गर्ने कार्य तीव्र पार्ने समेत बैठकबाट निर्णय पारित गरिएको छ ।

कार्यक्रममा पालिकाका बिभिन्न वडाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस