Techie IT

बान्नीगढीमा आन्दोलन : नेकपा समाजवादीको ऐक्यबद्धता सहित विज्ञप्ति


बान्नीगढी जयगढ गाउँपालिकामा तालाबन्दी गरिएकोप्रति ध्यानाकर्षण सहित नेकपा एकीकृत समाजवादीले विज्ञप्ति जारी गरेको छ ।

शान्नीकोट आधारभूत विद्यालय कालिकामा कायम रहेको शिक्षक अनुदान कोटा अन्य विद्यालयमा कायम गर्ने शिक्षा समितिको निर्णय विरुद्ध गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको बिषयमा ध्यानाकर्षण सहित नेकपा ( एस ) ले विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्ति जारी गर्दै नेकपा एकीकृत समाजवादी बान्नीगढी गाउँपालिका कमिटीले आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

आवश्यकताका आधारमा नभई शिक्षा ऐन नियमावली विपरीत पहुँच र प्रभावका आधारमा शिक्षक अनुदान कोटा बितरण गर्दा शान्नीकोट आधारभूत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको पठन पाठनमा पर्न गएको मर्का प्रति नेकपा ( एस )को गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोटा वितरणको मापदण्डलाई मिच्दै अन्यायपूर्ण तरिकाले बितरण गर्ने निर्णयलाई सच्याइ न्यायपुर्ण तरिकाबाट आवश्यकताका आधारमा शान्नीकोट आधारभूत विद्यालयलाई प्रदान गरिँदै आएको शिक्षक कोटा सोही अनुसार कायम गरि गाउँपालिकाको कार्यालयमा लगाइएको तालाबन्दिलाइ खुलाई सेवाग्राहीलाई तुरुन्त सेवा प्रवाह गर्न हुन गाउँपालिका तथा गाउँ शिक्षा समितिको ध्यानाकर्षण गराउन चाहान्छौ । विज्ञप्तिमा भनिएको छ ।

नेकपा एस बान्नीगढी गाउँपालिका कमिटी अध्यक्ष तरुण खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा न्यायको निम्ति शान्नीकोट आधारभूत विद्यालयका बिद्यार्थीहरु,आम अभिभावक तथा सम्बन्धित सरोकारवालाहरूले राखेको जायज माग र आन्दोलनप्रति हाम्रो पार्टी नेकपा ( एस )को पूर्ण ऐक्यबद्धता रहेको समेत उल्लेख गरिएको छ ।

नेकपा एकीकृत समाजवादीले जारी गरेको विज्ञप्ति

यो पनि पढ्नुहोस् :-

बान्नीगढी गाउँपालिकामा गरिएको तालाबन्दी कायमै : गाउँपालिका मुकदर्शक बन्दा सेवाग्राहि मर्कामा 


क्याटेगोरी : मुख्य समाचार, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस