Techie IT

जयगढमा प्रिन्स अटो ग्यारेजको उद्घाटन


जयगढमा प्रिन्स अटो ग्यारेजको उद्घाटन गरिएको छ ।

घटस्थापनाको अवशरमा बिहीबार जयगढ एक्ले सल्लामा ग्यारेजको उद्घाटन गरिएको हो ।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाका लोचन रावलले सञ्चालनमा ल्याएको ग्यारेजको गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले उद्घाटन गर्नु भएको थियो ।

ग्यारेजको उद्घाटन गर्दै उपाध्यक्ष साउँदले सवारी साधनको बढ्दो चापसँगै जयगढमा थप नयाँ ग्यारेज सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्नुभयो ।

यात्रु तथा सवारी चालकहरूले सहज रुपमा सेवा पाउनेमा विश्वास व्यक्त गर्दै उहाँले ग्यारेज सञ्चालकलाई सफलताको शुभकामना समेत व्यक्त गर्नु भएको छ ।

ग्यारेज उद्घाटन कार्यक्रममा वडा अध्यक्ष लाल कामी लगायतको सहभागिता रहेको थियो ।

आम नागरिक तथा सवारी चालकको सहजतालाई मध्यनजर गर्दै ग्यारेजले मोटरसाइकल,जिप तथा अटो सर्भिस सेवा सहज रुपमा प्रदान गर्ने संचालक लोचन रावलले बताउनु भएको छ ।

रावलका अनुसार ग्यारेजले गाडी बिग्रेकै ठाउँमा समेत सेवा प्रदान गर्ने छ ।



क्याटेगोरी : मुख्य समाचार, रोजगार, सफलता को कथा, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस