Techie IT

अछामका सहायक प्रमुख जिल्ला अधिकारी तिमिल्सैनाको सरुवा


अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको सरुवा भएको छ ।

तिमिल्सैनाको जिल्ला प्रशासन कार्यालय अछामबाट जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा सरुवा भएको हो ।

तिमिल्सेना मङ्सिर २२ गते अछामको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हाल्दै अछाम पुग्नु भएको थियो ।

अछामको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा १० महिना जिम्मेवारी सम्हालेका तिमिल्सैनाले जिल्लामा बजार अनुगमन कार्यलाई तीव्र पारेका थिए ।

जिल्लाका १० वटै पालिका तथा मुख्य बजार क्षेत्रमा अनुगमनमा जोड दिएका तिमिल्सैनाले नियम विपरीत व्यापार व्यवसाय सञ्चालन गर्नेमाथि आवश्यक कार्वाहि समेत गरेका थिए ।

यस्तै नागरिकता बितरण कार्यलाई समेत तिमिल्सैनाले व्यवस्थित पारेका थिए ।

सरुवा भएसँगै तिमिल्सैनाको सोमवार बिदाइ गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद मल्ल लगायत जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीले उहाँको बिदाइ गरेका हुन् ।

समाचारसँग सम्बन्धित थप समाचार :-

जनप्रतिनिधिको अनुगमनमा अखाद्य बस्तु भेटिँदैनन् : सहायक सिडिओद्वारा ६ ट्र्याक्टर बढी अखाद्य बस्तु बरामद गरि नष्ट

सहायक सिडिओ तिमिल्सैना बजार अनुगमनमा : व्यापारीद्वारा भकाभक पसल बन्द ( विशेष अडियो रिपोर्ट )

बान्नीगढीमा कमाल : तरकारी सङ्कलन केन्द्रमा मदिराको गोदाम


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस