Techie IT

गरिबी निवारणका लागि स्वरोजगार मूलक कार्यक्रम सञ्चालन : नगर प्रमुख कुँवर (कुराकानी सहित )


अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस । सबै जनासँग मिलेर गरिबी निवारण गर्ने र पृथ्वीका हरेक मानिसलाई स–सम्मान बाँच्ने वातावरण निर्माण गर्ने भन्ने नाराका साथ आइतबार दिवस मनाइएको छ ।

गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यले सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ तारिखका दिनलाई यो दिवसको रुपमा मनाउने गरिएको छ ।

स्थानीय स्तरमा गरिबी निवारणको लागि सङ्घ, प्रदेश तथा पालिकामा अर्बौँ रुपैयाँका फरक–फरक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । तर, अपेक्षाकृत रुपमा भने नेपालमा गरिबी घट्न सकेको छैन ।

यसैबिच अछामको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवरले गरिबी निवारणका लागि नगरपालिकाले बिभिन्न स्वरोजगार मूलक कार्यक्रम सञ्चालन गरेको बताउनुभएको छ ।

नगर प्रमुख कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम, कपाल देखी कम्प्युटर सम्मको सिप लगायतको उपलब्धि मूलक कार्यक्रम सञ्चालन गर्दै गरिबी निवारणमा बिभिन्न पहल गरेको दाबी गर्नुभयो ।

नगरभित्रका न्यून आयआर्जन गर्ने घर परिवारको अवस्था बुझी उनीहरूका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । यस्ता कार्यक्रमले उनीहरूको जीवन स्तर उकास्न मद्दत गरेको उल्लेख गर्नुभयो ।

रेडियो बान्नीगढीसंग कुराकानी गर्दै नगरप्रमुख कुँवरले आफ्नो ५ वर्षको कार्यकाल सकिनै लाग्दा गरिबी निवारणका लागि भएका प्रयास र उपलब्धिलाई सार्वजनिक गर्ने बताउनुभयो ।

जनताले अभाव पाउने गरि आफूले काम गरेको बताउँदै नगर भित्रका न्यून आयस्रोत भएका नागरिकलाई योजना सहित नगरको र आफ्नो सम्पर्कमा आएका स्वरोजगार मूलक तालिम र अन्य आयस्रोतको व्यवस्था गर्ने दाबी गर्नुभयो ।


क्याटेगोरी : मुख्य समाचार, रोजगार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस