Techie IT

प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेर भए पनि नगरवासीको खर्च टार्छु : मेयर कुँवर


लगातारको बर्षा र अझै नियन्त्रणमा नआएको कोरोना सङ्क्रमणका कारण अछामका गरिखाने र मजदुर वर्गमा ठुलो असर परेको छ ।

उनीहरूलाई खानकै समस्या हुन थालेको गुनासो गरिएको छ । पिपदमा र अन्य सङ्कटमा दैनिक ज्यालादारी गरेर खाने मजदुरहरू सबैभन्दा बढी पीडामा परेका छन् ।

उनीहरूको घरमा चामल तेल रित्तिन लागेको गुनासो आउन थालेको छ । यस्ता गुनासा र समस्या नौला भने होइनन् ।

विपद्का बेला स्थानीय जनप्रतिनिधि र अन्य सङ्घसंस्थाहरू राहत दिन्छन् तर त्यो राहत हुनेखानेले मात्रै पाउने र हुँदा खानेले नपाउने गुनासो आउने क्रम अझै रोकिएको छैन । यस सन्दर्भमा अछामको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवरले गरिबी निवारणका लागि नगरपालिकाले विभिन्न स्वरोजगार मूलक कार्यक्रम सञ्चालन गरेको बताउनुभएको छ ।

नगर प्रमुख कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा स्वरोजगार कार्यक्रम, कपाल देखी कम्प्युटर सम्मको सिप लगायतको उपलब्धि मूलक कार्यक्रम सञ्चालन गर्दै गरिबी निवारणमा विभिन्न पहल गरेको दाबी गर्नुभयो ।

नगरभित्रका न्यून आयआर्जन गर्ने घर परिवारको अवस्था बुझी उनीहरूका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

यस्ता कार्यक्रमले उनीहरूको जीवन स्तर उकास्न मद्दत गरेको उल्लेख गर्नुभयो । रेडियो बान्नीगढीसंग कुराकानी गर्दै नगरप्रमुख कुँवरले आफ्नो ५ वर्षको कार्यकाल सकिनै लाग्दा गरिबी निवारणका लागि भएका प्रयास र उपलब्धिलाई सार्वजनिक गर्ने बताउनुभयो ।

जनताले आभास पाउने गरी आफूले काम गरेको बताउँदै नगर भित्रका न्यून आयस्रोत भएका नागरिकलाई योजना सहित नगरको र आफ्नो सम्पर्कमा आएमा स्वरोजगार मूलक तालिम र अन्य आयस्रोतको व्यवस्था गर्ने दाबी गर्नुभयो ।

कुराकानी : कुल बहादुर कुँवर


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस