Techie IT

माओवादी केन्द्रको पालिका अधिवेशन जयगढमा सम्पन्न, अध्यक्षमा जगत थापा चयन


नेकपा (माओवादी केन्द्र)को पालिका तहको अधिवेशन आजबाट सुरु भएको छ ।

पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि बढाउने उद्देश्यले आजबाट पालिका अबिधेशन सुरुवात गरेको हो । जस अन्तर्गत नेकपा माओवादी केन्द्रको प्रथम गाउँपालिका अधिवेशन जयगढमा सम्पन्न भएको छ ।

अधिवेशनबाट बाट जगत थापा अध्यक्ष रहने गरी ५१ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा तर्क ठकुल्ला, भीमसेन ताम्राकार, नरपता बुढा (साउद), सचिवमा शङ्कर परियार, सह सचिवमा गणेशमान ठकुल्ला, प्रकाश थापा, कोषाध्यक्ष अमृता साउद लगायतका ५१ सदस्य पालिका कमिटी गठन गरिएको हो ।

गाउँपालिका संयोजक जगत थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदूर पश्चिम प्रदेश सह– इन्चार्ज, तथा राष्ट्रिय सभा सदस्य तारामान स्वार रहनु भएको थियो ।

प्रमुख अतिथिको आसन बाट बोल्दै नेता स्वारले नेकपा माओवादीका नेता कार्यकर्ताले हामी माओवादी हो भन्ने कुरा बिर्सेर प्रतिपक्षले फाइदा लिएको बताउनु भयो । माओवादीले गरेको दश बर्से जनयुद्ध र देशमा शान्ति ल्याएको कुरा नेता कार्यकर्ताले बिर्सन नहुने पनि उहाँले बताउनु भयो ।

पालिकामा सङ्गठन विस्तार गर्दै आगामी चुनावमा पहिलो पार्टी बन्ने बताउनुभयो । उहाँले देशको विकास र निकासका लागी नेकपा माओवादी केन्द्रको मुख्य भूमिका रहेको भन्दै सक्रियरुपमा सङ्गठन विस्तार गर्न लागी परेको बताउनुभएको छ ।

उहाँले अन्य पार्टीको अधिवेशन भन्दा नेकपा माअ‍ोवादी केन्द्रको अधिवेशन फरक धारण व्यक्त गर्नुभयो ।

बाईट : तारामान स्वर

यस्तै कार्यक्रममा विशिष्ट अतिथि सुदूर पश्चिम प्रदेश कमिटी सदस्य तथा संसदीय दलका प्रमुख संयोजक तथा प्रदेश सभा सदस्य अक्कल रावल रहनु भएको थियो ।

यस्तै कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा गाउँपालिका इन्चार्ज लोक बहादुर साउद,जिल्ला कमिटी सदस्य गाउँपालिका सहस् इन्चार्ज निर्मला साउद,अखिल क्रान्तिकारी निवर्तमान केन्दिय सचिव तथा जिल्ला कमिटी सदस्य मदन भुल,एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन अछाम जिल्ला कमिटी उपाध्यक्ष भोज बहादुर धामी, सचिव हिक्मत थापा लगायत अतिथिले बोल्नु भएको थियो ।

जिल्ला कमिटी सदस्य जोती साउदको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन गाउँपालिका अधिवेशनको संञ्चान लोकेन्द्र बहादुर शाहले गर्नु भएको थियो ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस