Techie IT

अछामका ३ स्थानीय तहमा माओवादी केन्द्रको नयाँ नेतृत्व


अछामका ३ स्थानीय तहमा माओवादी केन्द्रले स्वसहमतिमा नेतृत्व चयन गरेको छ । जिल्लाका १० स्थानीय तहमध्ये ३ स्थानीय तहमा सर्व सहमति नेतृत्व चयन भएको हो ।

माओवादी केन्द्र अछामका जिल्ला इन्चार्ज झपट साउँदले दिएको जानकारी अनुसार जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका, चौरपाटी गाउँपालिका र कमलबजार नगरपालिकामा स्वसहमतिमा नेतृत्व चयन गरिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकामा जगत थापा अध्यक्ष रहनेगरि सदस्यीय २७ गाउँपालिका कमिटी गठन भएको छ ।

चौरपाटीमा जीवन विक्रम साउँद अध्यक्ष रहनेगरि २७ सदस्यीय, कमलबजार नगरपालिकामा खडक भण्डारी अध्यक्ष रहनेगरि २७ सदस्यीय नगर कमिटी चयन गरिएको उहाँले बताउनुभयो ।

बाँकी रहेका पालिकाको नयाँ नेतृत्व १६ गतेभित्र चयन गरिसक्ने लक्ष्य लिएको उहाँको भनाई छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस