Techie IT

अछाममा एकीकृत समाजवादीको कम्जोर शक्ति : निर्वाचनसम्म कि पछि पनि ?


अहिले देशमा ठुला दलहरू महाधिवेशन केन्द्रित भएका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, राप्रपा लगायतका ठुला दलहरू महाधिवेशन केन्द्रित छन् ।

नेकपा एमालेबाट टुक्रिएर बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) भने सङ्गठन विस्तारमा व्यस्त बनेको छ ।

तर पार्टीमा जनताको आकर्षण भने छैन । नेकपा एमालेबाट टुक्रिएर बनेको नेकपा समाजवादी पार्टी अहिले सङ्गठन विस्तारमा सक्रिय बनेको छ ।

पार्टी भित्र विचारको बहस र व्यक्तिवादी प्रवृत्ति नहुने अडान राख्दै बनेको नेकपा समाजवादी पार्टीका नेताहरू जनतालाई आफ्नो पक्षमा पार्न गाउँ केन्द्रित छन् ।

नेकपा एमालेको उपाध्यक्ष तथा अध्यक्ष पदका उम्मेदवार भीम रावलको गृह जिल्ला अछाममा पनि नेकपा समाजवादी सङ्गठन निर्माण गर्न सक्रिय छ ।

नेताहरू आफ्नो पक्षमा जनता रिझाउन सक्रिय छन् । गठबन्धन सरकारमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले चार मन्त्री र एक राज्यमन्त्रीसहित महत्त्वपूर्ण हैसियत पाएको छ ।

देउवा नेतृत्वको गठबन्धन सरकार निर्माणमा निर्णायक भूमिका निभाएको पार्टीले पुरस्कार स्वरूप सरकारमा उल्लेखनीय हिस्सा पाएको छ ।

आफ्नो पार्टी छोटो समयमै सरकारमा सहभागी बनेको दम्भ देखाउँदै नेताहरू नेकपा एमालेमा भएको चरम भ्रष्टाचार, व्यक्तिवादको विरुद्ध लागेर नयाँ पार्टी र विचार बोकेर जनताको माझमा आएको बताउँछन् ।

झट्ट हेर्दा गठबन्धन सरकार रहुन्जेल नेकपा (एकीकृत समाजवादी)को परिचय सतहमा देखिए पनि आगामी निर्वाचनमा उसको राजनीतिक भविष्य सुनिश्चित देखिँदैन । एमालेभित्रका बौद्धिक र साङ्गठनिक दृष्टिले प्रभाव जमाउने नेता समेट्न नसक्नु समाजवादीको कमजोरी मानिन्छ ।

तर पनि एमाले छोडेर समाजवादी पार्टी रोजेका नेताहरूमा जोस र उमङ्ग भने उस्तै देखिन्छ । विगतमा सत्ताको लोभ लालचमा आफ्नै पार्टी ढाल्ने सम्मको हुर्मत लिएको नेकपा (एकीकृत समाजवादी)अहिले आफ्नो सङ्गठन विस्तारमा भए पनि देशमा भने अग्निपरीक्षामा छ ।

गठबन्धनको सहयोगले तातेको नेकपा समाजवादी पार्टी ५ दलीय गठबन्धनमा थुरै समस्या देखिए दुई दिनको घाम छाया हुने पक्का छ ।

सुनौँ एक रिपोर्ट


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस