Techie IT

अछाम बस दुर्घटनामा ज्यान गुमाएका दुवै जनाको पोष्टमार्टम


अछाममा बस दुर्घटनामा परि ज्यान गुमाएका दुवै जनाको शवको पोष्टमार्टम गरिएको छ ।

मङ्गलवार अछाम सदरमुकाम मंगलसैनदेखी धनगढी जाँदै गरेको बस दुर्घटनामा ज्यान गुमाएका दुवै जनाको शवको आज जिल्ला अस्पताल अछाममा पोस्टमार्टम गरिएको हो ।

अछाम सदरमुकाम मंगलसैन देखी धनगढी जाँदै गरेको ना छ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा मंगलसैन नगरपालिकाका २ जनाको ज्यान गएको थियो ।

दुर्घटनामा परि मंगलसैन नगरपालिका वडा नम्बर १ कुन्तीबण्डालीका २१ वर्षीय एकेन्द्र थापा र सोही नगरपालिका वडा नम्बर १४ कालागाउँका ५७ वर्षीय टंक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो भने बसमा सवार २ दर्जन बढी यात्रु घाइते भएका थिए ।

यो पनि :-

अछाम बस दुर्घटना : उचित राहत नपाउन्जेल सु.प यातायातका सवारी साधन चल्न नदिने ( विज्ञप्ति सहित )


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस