Techie IT

अछाममा नेकपा माओवादी केन्द्र सङ्गठन विस्तारको अभियानमा


अछाममा नेकपा माओवादी केन्द्र सङ्गठन विस्तारको अभियानमा जुटेको छ ।

अछामको विकासका लागि महाअभियानमा जुटेको माओवादीले जनाएको छ । जनयुद्धबाट देशमा राजनैतिक र सामाजिक परिवर्तन ल्याएको माओवादीले अब जनाताका समस्यालाई समाधान गरेर अछामलाई समृद्ध बनाउन माओवादी केन्द्र सक्रिय बनेको नेताहरू बताउँछन् ।

नेकपा माओवादी केन्द्रले अछाम ५ वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । अन्य ३ पालिकामा अधिवेशनको उद्घाटन गरिएको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्र अछामका जिल्ला इन्चार्ज झपट साउँदले दिएको जानकारी अनुसार जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका, चौरपाटी गाउँपालिका र कमलबजार नगरपालिका, रामारोशन गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकामा सर्वसम्मतिमा नेतृत्व चयन गरिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकामा जगत थापा अध्यक्ष रहनेगरि ५१ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ । चौरपाटीमा जीवन विक्रम साउँद अध्यक्ष रहनेगरि ५५ सदस्यीय, कमलबजार नगरपालिकामा खडक भण्डारी अध्यक्ष रहनेगरि २७ सदस्यीय नगर कमिटी चयन गरिएको उहाँले बताउनुभयो ।

रामारोशन गाउँपालिकामा शेर बहादुर बोहराको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी र पञ्चदेवल विनायक नगरपालिकामा अम्मर विक अध्यक्ष रहनेगरि ५५ सदस्यीय नगर कमिटी गठन गरिएको बताइएको छ ।

इन्चार्ज साउँदका अनुसार साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा बन्द सत्र चलिरहेको छ ।

बन्द सत्र चलिरहेका पालिकाको नयाँ नेतृत्व पनि छिट्टै चयन हुने छ । अछामका १० स्थानीय तह मध्य मंगलसैन नगरपालिका र ढकारी गाउँपालिकामा १८ गतेभित्र पालिका अधिवेशन गरिसक्ने तयारी माओवादी केन्द्र अछामको रहेको छ ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस