Techie IT

अछामका २ नेता काँग्रेस सुदूरपश्चिमको महामन्त्री र सह–महामन्त्रीमा विजयी


नेपाली काँग्रेस अछामका २ लोकप्रिय नेता काँग्रेस सुदूरपश्चिमको कार्यसमितिमा विजयी भएको छन् ।

अछामको पूर्व पार्टी सभापति मेघराज खड्का महामन्त्रीमा र नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सह महामन्त्री तथा पञ्चदेवल विनायक नगरपालिकाका नगर उपप्रमुख अम्बिका चलाउने सह–महामन्त्रीमा विजयी भएका हुन् ।

महामन्त्रीमा खड्काले ६३५ मत पाउनुभएको छ । सह–महामन्त्रीमा विजयी चलाउनेले ६८६ मत ल्याउनुभएको छ ।

सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्व मन्त्री वीरबहादुर बलायर विजयी हुनुभएको छ । उहाँले कूल खसेका १ हजार ३ मध्ये उहाँले ६८८ मत प्राप्त गर्नुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन् । चौधरीले ६१० र अवस्थीले ५२३ मत पाएका छन् ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस