Techie IT

सुदूरपश्चिममा पार्टीलाई एक ढिक्का बनाएर लैजाने : महामन्त्री खडका (कुराकानी सहित)


नेपाली काँग्रेस अछामका २ लोकप्रिय नेता काँग्रेस सुदूरपश्चिमको कार्यसमितिमा विजयी भएको छन् ।

अछामको पूर्व पार्टी सभापति मेघराज खड्का महामन्त्रीमा र नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सह महामन्त्री तथा पञ्चदेवल विनायक नगरपालिकाका नगर उपप्रमुख अम्बिका चलाउने सह–महामन्त्रीमा विजयी भएका हुन् ।

महामन्त्रीमा खड्काले ६३५ मत पाउनुभएको छ । सह–महामन्त्रीमा विजयी चलाउनेले ६८६ मत ल्याउनुभएको छ ।

यसैबिच नेपाली काँग्रेस सुदूरपश्चिमका प्रथम निर्वाचित महामन्त्री मेघराज खड्काले पार्टीलाई एक ढिक्का बनाउने बताउनुभएको छ ।

काँग्रेस अछामका पूर्व पार्टी सभापति समेत रहनुभएका खड्काले जिल्ला देखी प्रदेशमा पार्टीलाई एक ढिक्का बनाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताउनुभएको हो ।

रेडियो बान्नीगढीसंग कुराकानी गर्दै उहाँले नजिकै आउन लागेको निर्वाचनलाई पार्टीले महत्त्वका साथ लिएकाले अछाम सहित सुदूरपश्चिममा पनि तीव्रताका साथ तयारीमा लाग्ने बताउनुभयो ।

कुराकानी : मेघराज खड्का


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस