Techie IT

महिला स्वास्थ्य स्वयंसेविकालाई उचित पारिश्रमिक दिनुपर्ने माग


महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस, विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ ।

स्वास्थ्य क्षेत्रमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाले गरेको योगदान र उनीहरूको सम्मानमा देशभर यो दिवस मनाइएको हो ।

स्वास्थ्य कार्यालय अछामका अनुसार अछाम जिल्लामा करिब ९ सय ४१ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । उनीहरूले अछामको ग्रामीण क्षेत्रको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरेको पाइएको छ ।

कोरोना सङ्क्रमण नियन्त्रणमा गरेको कार्य र अन्य बालबालिकाको स्वास्थ्य प्रति देखाएको सद्भाव महत्त्वपूर्ण रहेको छ । तर महिला स्वास्थ्य स्वयंसेविकाले गरेको काम र दुखमा राज्यको नजर परेको छैन ।

उनीहरू सामान्य तालिम भत्ता र खाजा खर्च बाहेकको सेवा सुविधा पाउँदैनन् । सरकारले उनीहरूले पाउने वार्षिक भत्ता, पोसाक खर्चहरू स्थानीय तहमा पठाउने गरेको भए पनि महिला स्वास्थ्य स्वयंसेविकाहरूले सहजै प्राप्त गर्न नसकेको बताएका छन् ।

यता स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले अछामको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ । कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रण, बालबालिकालाई खोप सेवा र अन्य सुत्केरी तथा गर्भवती महिलाको लागी गरेको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

रेडियो बान्नीगढीसंग कुराकानी गर्दै उहाँले महिला स्वास्थ्य स्वयंसेविकाका लागी सरकारले उचित सम्मान गर्न नसकोको बताउनुभएको छ ।

उहाँले स्वयंसेवक पेसामा रहेको उनीहरूले विना स्वार्थ र लाभमा निःशुल्क जनताको सेवा गरेको तर्फ सरकारको ध्यान नगएको बताउनुभयो । राज्यले उनीहरूको उचित व्यवस्थापन र उचित पारिश्रमिकको व्यवस्था गर्न पहल गर्नुपर्ने बताउनुभयो ।

आवाज : झनकराज ढुङ्गाना
,


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

खत्री रेडियो बान्नीगढि एफ,एममा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस