Techie IT

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा जनचेतनामुलक कार्यक्रम दर्नामा सम्पन्न


लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा जनचेतनामुलक कार्यक्रम दर्नामा सम्पन्न भएको छ ।

बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ६ दर्नामा घरैबाट सुरु गरौ महिला हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ् लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा जनचेतनामुलक कार्यक्रम दर्नामा सम्पन्न भएको हो ।

महिला अधिकार मंचका अध्यक्ष निर्मला कडायतको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष कृष्ण बहादुर कडायत रहनु भएको थियो कडायत ले महिलामाथि हुने बिभिन्न प्रकारका हिंशाहरु अन्त्य गर्न जिम्मेवार पक्षले काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।

यसका साथै उहाँले हिंशा गरेको ब्यक्तिलाई कारबाहिको दायरामा नल्याउने हो भने हिंशाको स्वरुप बृद्धि हुनसक्ने बताए । हाम्रो समाजमा अहिले मदिराका कारण बढिमात्रामा यस्ता प्रकारका हिंशा हुने गरेको भन्दै उहाले एक अर्को प्रशंगमा बोल्दै वडा अध्यक्ष कडायतले अछाम जिल्लामा छाउपडी प्रथाका कारण पनि यस्तो किसिमको हिंशा हुने गरेको बताउनुभयो ।

यसका साथै यस्ता प्रकारका हिंशाबाट जोगिन महिलाहरुले पनि स्वयम सचेत बन्नुपर्ने बताए । कार्यक्रमको अन्य अतिथिमा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख दुर्गा ढुंगाना ऐश्वर्य मा।वि का शिक्षक भोज बहादुर धामी बालकल्याण प्रा.वि का शिक्षक केशर साउद, पञ्चदेवल अनुरा युवाका अध्यक्ष खेमराज ओझा लगायतको उपस्थित रहेको कार्यक्रमको संचालन पान धामीले गर्नु भएको थियो ।


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

थापा रेडियो बान्नीगढीका प्राविधिक प्रमुख हुन् । उनले बान्नीगढी टुडेमा समसामयीक बिषयमा कलम चलाउछन्

प्रतिक्रिया दिनुहोस