Techie IT

अछामको गैटाँडमा १ जना मृत भेटिए


अछामको गैटाँडमा मोटरसाइकल सहित १ जना मृत अवस्थामा भेटिएका छन् ।

जिल्लाको मध्यपहाडि लोक मार्ग अन्तर्गत पर्ने ठाँटिखाँद गैटाँड सडक खण्डको बुदेखोला नजिकै मोटरसाईकल सहित एक पुरुष मृत अवस्थामा भेटिएका हुन् ।

मृत भेटिनेमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाँझका गगन जनाला रहेका छन् ।

सडक भन्दा केहि मिटर तल मोटरसाइकल सहित उनी मृत अवस्थामा भेटिएको बताईएको छ । घटनाबारे थप बिवरण आउँन बाँकी छ ।

.


क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस