कोही निराश नहुनू, राजनीतिमा अनेक घुम्तीहरू आउँछन् :भीम रावल

नेकपा (एमाले) का नेता भीम रावलले गृहजिल्ला अछाम पुगेर आफ्ना कार्यकर्ताहरुलाई निराश नहुन आग्रह गरेका छन् । चितवन महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका रावलले पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।
‘हाम्रा तपाईंहरू कोही पनि निराश नहुनुहोला,’ श्रीमतीसहित पुगेका रावले भने, ‘राजनीतिमा अनेक घुम्तीहरू आउँछन् । उच्च मनोवल राख्नुहोस् । समाज र देशका लागि हामीले यी पाइला चालेका हौं भनेर अठोटका साथ अघि बढ्नुहोस् । मेरो साथ तपाईंहरूलाई छ।’
रावलले आफूले अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको र हारेको बताउँदै त्यसमा मन खुम्च्याउनुपर्ने कारण नरहेको बताए। उनले भने, ‘मैले अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको हो । जितिनँ । त्यसमा मन खुम्च्याउनुपर्ने कुनै कारण छैन ।’
चुनावमा अध्यक्ष केपी शर्मा ओलीले जिते पनि नैतिकरूपमा भने आफूले जितेको उनको भनाइ छ । ‘मैले नैतिकरुपमा हारेँ भन्ने मेरो मनमा छैन,’ रावलले भने, ‘मैले झण्डा बिसाएर कसैको लट्ठी समाएर हिँडेको छैन ।’
अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्य प्रस्ताव गर्दा पनि अस्वीकार गरेको रावलले बताए ।
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस