नेपाल रेडक्रस सोसाइटी उपशाखा तिमिल्सैनको नयाँ नेतृत्व चयन

नेपाल रेडक्रस सोसाइटी उपशाखा तिमिल्सैनको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा तिमिल्सैनका सभापति विजय खत्रीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनबाट उप शाखाको नयाँ नेतृत्व चयन गरिएको हो ।
अधिवेशन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी अछामका जिल्ला कार्य समिति सदस्य एकेन्द्रराज शर्मा तिमिल्सैना प्रमुख अतिथि रहनु भएको थियो भने समाजसेवी तीलक बहादुर खत्री र वडा अध्यक्ष कर्ण ठकुल्ला विशिष्ट अतिथि रहनु भएको थियो ।
अधिवेशनबाट खकेन्द्र प्रसाद शर्माको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरिएको निवर्तमान सभापति विजय खत्रीले जानकारी दिनुभयो ।
बसन्ती खत्रीले स्वागत गर्नु भएको अधिवेशन कार्यक्रमको सञ्चालन सदस्य शिद्धराज जैशीले गर्नु भएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस