एमाले अछामको जिल्ला अधिवेशनको लागी प्रतिनिधि छनोट
८ औ जिल्ला अधिवेशनले एकताको सन्देश दिन खोजको नेता शाहको भनाई

नेकपा एमाले अछामको ८ औ जिल्ला अधिवेशनको मिति नजिकिए सँगै सरगर्मी सुरु भएको छ ।
भरखरै पार्टीको १० औँ महाधिवेशन सम्पन्न गरेको नेकपा एमाले अछामले जिल्ला अधिवेशन यही पुस २३ गते गर्दै छ । त्यसको सरगर्मी अहिले जिल्ला तहमा व्यापक देखिएको हो ।
नेकपा एमाले अछामले आजबाट जिल्ला अधिवेशनको लागी प्रतिनिधि छनोट गर्न थालेको छ । जिल्लाका ९१ वटै वडाबाट प्रतिनिधि छनोटको प्रक्रिया सुरु गरिएको नेकपा एमाले अछामले जनाएको छ ।
अछामका वडा तहबाट अधिवेशन र पालिका अधिवेशन सम्पन्न गरिसेकेको नेकपा एमाले अछाम भित्रको माहौल निर्वाचनमय बनेको छ । अहिले जिल्लाको नेतृत्वदायी पदमा आकाङ्क्षी देखिएका नेतासमेत आन्तरिक बैठक, छलफल र भेलामा जुटेका छन् ।
जिल्ला बाहिर रहेका पार्टीका नेतासमेत जिल्ला अधिवेशनका लागि गाउँ फर्किएपछि चहलपहलसमेत बढेको छ । एमाले नेता कार्यक्रताहरु विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् ।
जस अन्तर्गत नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य, सङ्गठन विभाग प्रमुख प्रकाश शाहले आठौँ जिल्ला अधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको छ । नेता शाहले पार्टीको आन्तरिक जीवनलाई मजबुत बनाउँदै अछाममा एक नम्बरको पार्टी बनाउन भन्दै आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताउनुभएको छ ।
जिल्लाका ९१ वटै वडाका नेता कार्यक्रातको प्रयास र चाहना अनुसार आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको स्पष्ट पार्नुभयो । जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने आफ्नो मान्यता रहेको बताउँदै उहाँले युवा नेतृत्वले अवसर पाउनु पर्नेमा जोड दिनुभएको छ ।
रेडियो बान्नीगढीसंग संक्षिप्त कुराकानी गर्दै उहाँले एमाले अछामको जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको बताउनुभयो ।
एमाले अछामको नयाँ नेतृत्व चयन गर्न सबै नेताहरू एक आपसमा छलफलमा रहेको बताउनुहुँदै नेता शाहले एमाले जिल्ला अधिवेशनले सफल र सक्षम नेतृत्व पाउने धारण राख्नुभयो ।
एमालेको मूल नेतृत्वमा गुटगत राजनीति भए पनि आफ्नो उम्मेदवारीले एमाले अछामलाई जनताले चाहेको जस्तो पार्ट निर्माण गर्ने दाबी गर्नुभयो ।
अहिलेको जिल्ला अधिवेशनबाट एकताको सन्देश दिन खोजको नेता शाहले रेडियो बान्नीगढीसंग बताउनुभयो ।
कुराकानी : प्रकाश शाह
क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस