Techie IT

अछामका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै


जिल्ला समन्वय समितिका उपप्रमुख टाेप बहादुर रावलले विद्यालय दिवा खाजा कार्यक्रमले विद्यार्थीमा खुसी थपेकाे र सिकाईमा सहयाेग पुगेकाे बताउनु भएकाे छ ।

हाल अछाम जिल्लाका सबै पालिकाका विद्यालय तथा बालबिकास केन्द्रमा विद्यालय दिवा खाजा कार्यक्रम लागू भएको र यसबाट विद्यार्थी निकै खुसी देखिएका उहाँकाे भनाइ छ ।

विद्यालय दिवा खाजा व्यवस्थापन सम्बन्धि प्रधानाध्यापक तथा भान्छेहरुका लागि १ दिने तालिमकाे उद्घघाट सत्रमा बाेल्नुहुँदै उपप्रमुख रावलले यसलाई प्रभावकारी बनाउँदै लैजान आग्रह गर्नुभयो ।

कार्यक्रममा बाेल्नुहुँदै शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख लक्ष्मण गिरीले विद्यालयहरुले दिवा खाजा कार्यक्रम साेचेभन्दा राम्रो तरिकाले सञ्चालन गरेकाे भन्दै थप व्यवस्थित गर्दै सिकाईलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयाे । विद्यार्थीलाई खाजा खुवाउनुका साथै सिकाईलाई गुणस्तरीय बनाउनुपर्नेमा जाेड दिनुभयो ।

हाल अछामका सबै 475 सामुायिक विद्यालय र 472 बाल विकास केन्द्रमा याे कार्यक्रम कार्यान्वयनमा आएकाे भन्दै गत असाेज १२ गतेसम्म ईमिसमा अद्यावधिक नगरेका कारण केही बालवकास केन्द्र छुट्न गएकाे उहाँकाे भनाइ छ । तिनीहरुलाई समेत समावेश गर्ने प्रक्रिया अगाडी बढाएकाे ईकाई प्रमुख गिरीकाे भनाइ छ ।

मंगलसेन नगरपालिकाका विभिन्न विद्यालयका सहभागीलाई खाद्यान्न भण्डारण, व्यवस्थापन, पुर्व तयारी लगायतका विषयमा जानकारी गराईएकाे थियाे । तालिमका सहजीकरण विश्व खाद्य कार्यक्रमका जिल्ला संयाेजक बिराट भण्डारी र सम्पर्क व्यक्ति विद्यासुन्दर महताेले गर्नुभएको थियाे ।

सहभागी प्रधानाध्यापकले पनि दिवा खाजा कार्यक्रम राम्रो रहेकाे र अझै प्रभावकारी बनाई लैजाने बताएका छन् ।


क्याटेगोरी : मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाईन

टेकराज भण्डारी भण्डारी बान्नीगढी टुडेको अतिथि सम्पादक हुन् । उनी २०६४ देखी पत्रकारितामा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!