Techie IT

एमाले अछामको अध्यक्षमा चन्द्र बोहरा विजयी


नेकपा एमाले अछामको अध्यक्षमा चन्द्र बोहरा विजयी भएका छन् । प्रतिस्पर्धी प्रकाश शाहलाई १ सय २४ मतले पछि पार्दै बोहरा निर्वाचित भएका हुन् ।

बोहराले ४ सय ३१ मत ल्याउँदा शाहले ३ सय ७ मत पाएका छन् ।

अध्यक्ष बाहेकका अन्य पदाधिकारीमा भने शाह प्यानलका उम्मेद्धार विजयी भएका छन् ।

उपाध्यक्ष पदमा भीम बहादुर बिस्टलाई पराजित गर्दै बल बहादुर कुँवर विजयी भएका छन् । कुँवरले ३ सय ८६ मत पाउँदा विष्टले ३ सय १३ मत पाएका छन् ।

सचिवमा आदर्श साउँदलाई १९५ मतले पछि पार्दै भीम रावल (कालो टोपी)  विजयी भएका छन् । रावलले ४ सय ५३ मत पाउँदा साउँदले २ सय ५८ मत पाएका छन् ।

यस्तै प्रेम बहादुर महर र डम्बर बहादुर बि.सी विजयी भएका छन् । बि.सी २ सय ६० र महर २ सय ५२ मतका साथ विजयी भएका हुन् ।

नयाँ नेतृत्वका लागी भएको निर्वाचनमा ७४९ जनाले मतदान गरेका थिए । अन्य सदस्य पदको मत गणना राती नै सुरु गर्ने निर्वाचन समितिको तयारी रहेको छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!