Techie IT

एमाले अछामको जिल्ला सदस्यमा युवा नेता ढुङ्गाना बिजयी (६३) नामले चर्चामा


 

विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदायका युवा नेता सिद्ध प्रसाद ढुङ्गाना एमाले अछामको जिल्ला कमिटी सदस्यमा विजयी हुनु भएको छ। ढुङ्गानालाई बजारमा (६३) नामले गर्दा निकै चर्चामा आएका छन । एमालेमा महत्वपुर्ण भुमिका निर्वाह गरेर सबैको मन जित्दै युवा अबस्थामै सदस्यमा अत्याधिक लोकप्रिय मतका साथ विजयी भएका छन ।

ढुङ्गानाका सांगठनिक जिम्मेवारी

१. अनेरास्ववियु मा.वी प्रारम्भिक कमिटी सदस्य २०६४ श्री षोडश मा.वी मंगलसेन।

२. अनेरास्ववियु मा.वी प्रारम्भिक कमिटी सचिव २०६६ श्री षोडशा मा.वी मंगलसेन।

३. काउन्सिल सदस्य २०६७ श्री शैलेश्वरी फारबेस्ट स्कुल अफ हेल्थ साइन्स धनगढी।

४.२०६७ साल नेकपा (एमाले) पाटीको संघठित सदस्य।

५.काउन्सिल सभापति २०६८ श्री शैलेश्वरी फारबेस्ट स्कुल अफ हेल्थ साइन्स धनगढी।

६.अनेरास्ववियु जिल्ला कमिटी सदस्य अछाम २०७०

७. राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल केन्द्रीय कमिटी सदस्य २०७१

८. नेकपा (एमाले) अछाम काठमाडौँ सम्पर्क मञ्च सदस्य २०७२

९. नेकपा (एमाले) अछाम–काठमाडौँ सम्पर्क मञ्च सचिवालय सदस्य २०७३

१०. नेकपा (एमाले) अछाम–काठमाडौँ सम्पर्क मञ्च सचिव २०७८ (हाल)

११. अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य एवं अछाम जिल्ला सह–इन्चार्ज।

नेकपा एमाले अछामको आठौं अधिबेशनबाट कुल ७४९ मध्य २६९ मत ल्याएर खुल्ला तर्फ जिल्ला कमिटी सदस्यमा विजयी हुनु भएको हो । विगत लामो समय देखी एमालेमा सक्रिय रहनु भएका ढुङ्गानाले विजयी भएसँगै पार्टीमा थप क्रियाशील भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । यो जीत आफ्नो मात्र नभएर सम्पूर्ण एमाले कार्यकर्ता तथा शुभेच्छुकको जीत भएको बताउँदै बाँकी जीवन पनि पार्टी र जनताको हक हितमा खर्च गर्ने बताउनु भएको हो । अधिवेशनमा सर्वाधिक मत दिने सम्पुर्ण मतदातालाई उहाँले आभार सहित धन्यवाद समेत ज्ञापन गर्नु भएको छ ।


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार

भण्डारी रेडियो बान्नीगढीमा कार्यरत छन् । उनले समसामयिक बिषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस