कोरोना कहर : स्वास्थ्यका मापदण्ड पालना गरेर भए पनि विद्यालय खुल्ने इकाइ प्रमुख गिरीको दावी

शिक्षा विकास तथा समन्वय इकाई अछामका प्रमुख लक्ष्मण गिरीले कोरोना भाइरसको प्रभावका कारण बालबालिकाको शैक्षिक गुणस्तर खस्कन सक्ने भएकाले यस तर्फ ध्यान दिनु पर्ने बताउनु भएको छ ।
कोरोना भाइरस नियन्त्रणका लागी बेला बेला भएका निषेधाज्ञाका कारण विद्यालय बन्द हुन पुगेकोले विद्यार्थीको शैक्षिक गुणस्तर खस्किन नदिन शिक्षक,अभिभावक तथा सरोकारवाला जिम्मेवार बन्नुपर्ने बताउनु भएको हो ।
रेडियो बान्नीगढीसँग कुराकानी गर्दै उहाँले गत वर्षको शैक्षिक सत्रमा शैक्षिक गतिविधिमा नकारात्मक असर परेकाले यस वर्षमा त्यस्तो अवस्था आउन नदिन घरमा अभिभावकले पनि पढ्ने वातावरण बनाउन जरुरी रहेको बताउनुभयो ।
पालिकाहरूले पनि बिद्यार्थीहरुको शैक्षिक स्थिति खस्किन नदिन बिभिन्न क्रियाकलाप सञ्चालनमा जोड दिएको बताउँदै उहाँले विद्यार्थीहरूले पनि पढाई लेखाइमा चासो राखेर शैक्षिक गतिविधिमा लगनशिल भएर लाग्न आग्रह गर्नुभयो ।
विद्यालयका बालबालिकालाई कोभिड विरुद्धको खोप समेत दिइएकाले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड पालना गरेर भए पनि विद्यालय खुल्ने गिरीको भनाई छ ।
विद्यालय मात्र अध्ययन गरेर नपुग्ने भएको अभिभावकले आफ्नो नानीबाबुलाई पढाई लेखाइमा सहज वातावरणको सिर्जना गराउनु पर्ने र नानीबाबुले अध्ययन गरिरहेका छन् कि छैनन् भन्ने कुरामा ख्याल गर्नु पनि अभिभावकको दायित्व हुने उहाँले बताउनु भयो ।
कुराकानी : लक्ष्मण गिरी
क्याटेगोरी : मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस