अछाममा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

अछाम जिल्लामा एकजना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११ की गर्भवती महिला सीता रावलको जिल्ला अस्पताल अछाममा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल सुर्खेतमा हेलिकप्टर मार्फत लगिएको छ ।
८ महिनाको गर्वमा बच्चा मरेको अबस्थामा रहेकाले झण्डै ४ दिनसम्म नियमीत औंषधि सेवन गराउदा बच्चा ननिस्केपछि आमाको ज्यान समेत जोखिममा हुने भएकाले बाहिर रिफर गरिएको जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्धाजले बताउनु भयो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रम अन्तर्गत प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्दै मंगलसेन नगरपालिकाका कार्यवाहक नगरप्रमुख संगिता रावल सोडारीको बिशेष पहलमा सुर्खेत पठाईएको हो । मंगल खबर बाट साभार
क्याटेगोरी : मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस