मेल्लेखमा स्थानीय बालअधिकार समिति को बैठक सम्पन्न

मेल्लेख गाउपालिकामा स्थानीय बालअधिकार समिति को मासिक बैठक सम्पन्न भएको छ ।
मेल्लेख गाउपालिका बालअधिकार समिति को आयोजना आस्था नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल सहयोग,साझेदारी र पालिकाको समन्वयमा सम्पन्न भएको हो ।
मेल्लेख गाउपालिका उपाध्यक्ष तथा बाल अधिकार समिति का संयोजक नृप बहादुर खड्का को अध्यक्षतामा भएको बैठक मा मेल्लखमा रहको बालअधिकार समिति र आस्था नेपाल को सझेदारिमा मेल्लेख मा संचालित विभिन्न क्रियाकलाप र बालबालिका का लागि यश अघि तयार गरिएको कार्ययोजना कार्यनयन बिषयमा समिक्षा गरिएको छ ।
यस्तै मेल्लख गाउँपालिका र अस्था नेपाल वल्र्ड भिजन इन्टरनेशनल नेपाल को सहयोगमा स्थापना गरिएको बाल कोष बाट मेल्लख गाउपालिका अन्तर्गतका वडा बाट अति जोखिममा रहेका १६ जना बालबालिकालाई छनोट गरि अवश्यक शैक्षिक सामग्री सहयोग गरिने बताएको छ ।
थप बालबालिकाको अबस्था विश्लेषण गर्न यहि २४ गते मेल्लेख ७ को नन्देगडा डाडबाड र मेल्लखको बिन्धेबासनि ५ को जाब्ला टोलमा रहेका बालबालिका को सर्वेक्षण तथा अनुगमन गरि प्रतिबेदन तयार गरिने जनाएको छ ।
यसै गरि बालबालिका को समस्य समाधान को लागि मेल्लख गाउपालिका बालअधिकार समिति मार्फत बाल कोषको स्थर बढाउन आस्था नेपालसंग थप रकम माग गर्ने निर्णय गरेको छ ।
बैठकमा मेल्लेख गाउपालिका वडा न. ५ का वडा अध्यक्ष तथा सामाजिक बिकास सयोजक प्रकाश अधिकारी,वडा न. ६ का वडा अध्यक्ष तिलक कडायत, निमित्त प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर ठकुल्ला, रोजगार सेवा केन्द्र का सयोजक बिक्रम भण्डारी, बिषयगत शाखा प्रमुख,बालअधिकार समिति का पदाधिकारी ,लगायतको सहभगिता रहको बैठक को संचालन तथा सहजिकरण आस्था नेपालका फिल्ड अधिकृत भ्वानसिह सार्की ले गर्नु भएको थियो ।
क्याटेगोरी : मुख्य समाचार, समाचार, समाज, स्थानीय
धेरै पढिएका
ताजा अपडेट
- १ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- २ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ३ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ४ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ५ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ६ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ७ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
- ८ बान्नीगढीमा सरसफाइ, युवा सञ्जालले देखायो सक्रियता
प्रतिक्रिया दिनुहोस