मेल्लेखमा अध्यापन अनुमतीपत्र उतिर्ण शिक्षकलाई अनुदानकोटमा निरन्तरता

अछामको मेल्लेख गाउँपालिका मा शिक्षक अध्यापन अनुमतिपत्र मा उतिर्ण भएका शिक्षक हरुका लागि गाउँपालिकाले सृजना गरेको अनुदान कोटामा निरन्तरता दिने भएको छ ।
गाउँपालिका आन्तरिक स्रोत बाट नियुक्ति अनुदान कोटामा रहेका अधिकांश शिक्षक अध्यापन अनुमति पत्र नभएका रहेका थिए । गाउपालिकाले अनुदान कोटा सृजना गरेपछि लामो समय सम्म शिक्षण गरिरहेका शिक्षक हरु लाई बिद्यालयले,अनुदान कोटामा रहेर शिक्षण गर्नुपर्ने निर्णय गरेका थिए ।
सरकारले शिक्षकका लागि अध्यापन अनुमतिपत्र अनिवार्य भने पछि गाउँपालिकाले अध्यापन अनुमतिपत्र पत्र नभएका शिक्षक हरुका लागि साउन १ गते बाट हटाउने निर्णय गरेको थियो ।
शिक्षक सेवा आयोग को नतिजा आउदा सम्म अनुदान कोटा व्यवस्थापनमा कुरेको गाउँपालिकाले, भरखरै आएको अध्यापन अनुमति पत्रको नितजा बाट उतिर्ण भएका शिक्षक हरुलाई गाउपालिका को अनुदान कोटामा रहेका शिक्षकका लागि सोहि बिद्यालयमा निरन्तरता दिने निर्णय गरेको छ ।
अन्य शिक्षक को हकमा भने आवश्यकता को आधारमा गाउपालिकाको,बिद्यालय अध्यान समिति को प्रतिबेदन अनुसार थप कार्यबिधि तयार गरि तुरुन्तै अनुदान कोटामा बिज्ञापन गरिने, मेल्लेख गाउपालिका अध्यक्ष ज्वाला सिं साउदले बताउनु भएको छ ।
अध्यापन अनुमति पत्रको नतिजा मा सफल भएका र यश खघि कार्यरत सम्बन्धित बिद्यालयका शिक्षक हरुलाई अध्यापन अनुमतिपत्र सहित आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्रहरु गाउँपालिका मा पेश गर्न पनि बताएको छ ।
क्याटेगोरी : मुख्य समाचार, शिक्षा, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस