Techie IT

वडाका नागरीकका समस्यालाई मध्य नजर गरेर काम गर्छु : वडा अध्यक्ष कुँवर


साफेबगर नगरपालिका वडा न ८ का  वडा अध्यक्ष कालू सिंह कुँवरले बालबालिका तथा पिछडिएका दलित महिलाहरुका समस्यालाइ पहिलो प्राथक्तिामा राखेको बताएका छन ।

आफु वडा अध्यक्षमा निर्वाचित भइसके पछि आफ्नो वडाका नागरिकलाइ वडा कार्यलयको भवन नहुदा सेवाग्रहिमा पर्न गएको समस्यालाइ मध्यनजर गर्दै अधुरो वडा कार्यलयको भवन निर्माण गर्ने योजना बनाएको बताएका छन ।

रेडियो बान्नीगढी संग संक्षिप्त कुराकानी गर्दै वडा अध्यक्ष कुवरले वडाका किसान हरुलाइ आत्म निर्भर बनाउनका कृषकहरुलाइ नि शुल्क बिउ बिजन बितरण गर्ने, वडाका नागरिक हरुले बर्षै देखि खानेपानीको अभाव झेलिरहनु परेकाले नगरिकमा पर्न गएको समस्यालाइ मध्यनजर गर्दै खानेपानीको निःशुल्क पायप लायन बिस्तार गर्ने उद्धघोष गरेका छन ।

यसैबिच उनले वडावासि नागरिकलाइ निःशुल्क बिधुत बिस्तार लाइनको सेवा सुबिधा उपलब्ध गराउने बताएका छन । वडामा सडक बिस्तारको काम अगाडि सारेर सडक पिच गर्ने प्रतिबद्धता जनाएका छन ।

पछिल्लो समयमा बिभिन्न प्रकारका रोगहरु फैलिने गरेकोले वडाको स्वास्थ्यको भवन टाडा भएकाले नागरिकको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्यको भवनलाइ सबैको पायक पर्ने ठाउमा निर्माण गर्ने गरी पहल गरेको वडा अध्यक्ष  कुँवरले बताएका छन ।

वडाका नगरिकमा आउने जटिलखालका समस्याहरु लाइ समाधान गर्नको लागि आफु जुनसुकै समयमा पनि तत्पर रहने बताएका छन ।

आफ्नो वडा सरकारको पाच बर्षे कार्यकाल भित्र अघिल्लो सरकारले गर्न नसकेका अधरा खालका योजनालाइ परिर्पुति गरि सक्ने घोषणा गरेका छन ।

कुराकानी :  कालू सिंह कुँवर

 


क्याटेगोरी : मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाईन

बि.क बान्नीगढी टुडेको संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!